अमेरिकामा सबैलाई भावुक बनाउदै सम्राटले भने- मलाइ मेरै नेपालको माया छ (भिडियोसहित)

  • काठमाडौँ ।
नेपाली राष्ट्रिय भाव बोकेका नेपाली गीत संगीतहरुको उदय हुने क्रम जारी छ । हालै अमेरिकामा छायाँकन गरिएको ‘मलाइ मेरै नेपालको मायाँ छ’ बोलको नेपाली राष्ट्रिय गीत बजारमा आएको छ । 

अमेरिकामा छायांकन गरिएको यस गीतको म्युजिक भिडियो युट्युब मार्फत सार्वजनिक गरिएको हो । बाल कालाकार सम्राट दाहालको अभिनय रहेको उक्त गीतको म्युजिक भिडियोलाई सुमन दाहालले निर्देशन गरेका छन् । 

नेपाली सिने क्षेत्र र चलचित्रसंग सम्बन्धित संघसंस्थामा लामो समय सकृय रहदै पछिल्लो समय अमेरिकामा बसोबास गर्दै आएका सुमन दाहालले यो भिडियोलाइ साल्टलेक सिटी, युटा अमेरिकामा तयार परेका हुन् ।



अमेरिका आएदेखी नेपाल जाउ, हाम्रो देश नेपाल हो, हाम्रो घर नेपालमा छ । यहाँ नबसु , भोली नै जाउँ भनेर सम्राटले आमाबुवालाई भनिरहेपछि यस्तो राष्ट्रिय गीत बनाउने उत्सुकता जागेको सुमनको भनाइ छ ।

शान्ति प्रियको सब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत र बेगेन्द्र बुढाको स्वर रहेको छ। यस गीतमा सम्राटसंगै बिर्याना थपलिया, बिएनका थपलिया, संमृद्धी थापा र संयुक्ति थापाको पनि अभिनय रहेको छ । 

सुजिता सिटौलाको छायाँकन रहेको यस गीतलाई सुरेश राउतले सम्पादन गरेका हुन् ।

हेर्नुहोस भिडियो

२०७४ असार ३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...