दोस्रो चरणको निर्बाचनमा माओवादी केन्द्र निल भएका ११ जिल्लाहरु (सूचीसहित)

  • काठमाडौं ।

दोस्रो चरणको स्थानीय तह निर्वाचन भएका ३५ जिल्लामध्ये ११ वटा जिल्लामा माओवादी केन्द्रले स्थानीय तहको एउटै पनि प्रमुख पद जित्न सकेको छैन । निर्वाचन परिणाम आउने क्रम अन्तिम अवस्थामा पुग्दा माओवादी केन्द्रले ११ वटा जिल्लाका स्थानीय तहमा प्रमुखको उपस्थिति शून्य बनाएको हो ।

माओवादी निल भएका जिल्लाहरु :

१. बाँके – एक उपमहानगरसहित १ नगरपालिका र ६ वटा गाउँपालिकासहित ८ वटा स्थानीय तह रहेको बाँकेमा १ स्थानमा उपेन्द्र यादव नेतृत्वको फोरम, एकमा राप्रपा, तीनवटामा एमाले र तीन वटामा कांग्रेसका उम्मेदवार विजयी बनेका हुन् । बाँके ५ नम्बर प्रदेशमा पर्ने जिल्लाको हो । 


२. पाल्पा – ५ नम्बर प्रदेशमै पर्ने दुई नगरपालिका सहित १० स्थानीय तह रहेको पाल्पाका ६ वटा स्थानीय तहमा एमालेले आफ्नो झण्डा फहराएको छ । त्यस्तै नेपाली कांग्रेसले ४ वटा तह कव्जा गरेपछि अन्य दलको भाग नै नराखेका हुन् । 


३. कपिलबस्तु– ५ नम्बर प्रदेशमै पर्ने कपिलबस्तु जिल्लाका १० स्थानीय तहमा ६ नगरपालिका, ४ गाउँपालिकामध्ये ५ वटामा कांग्रेस विजयी बनेको छ । त्यस्तै २ वटामा एमाले र एक स्थानीय तहमा संघीय समाजबादी फोरम तथा २ वटामा स्वतन्त्र उमेदवारले बाजी मार्दा माओवादी केन्द्रले स्थान नै पाउन सकेन । 


४.सुनसरी – प्रदेश नम्बर १ मा पर्ने सुनसरीमा रहेका १२ वटा स्थानीय तहमध्ये अहिलेसम्म ६ वटामा नेपाली कांग्रेस विजयी बनेको छ । त्यस्तै १ तहमा संघीय समाजवादी फोरम र २ तहमा लोकतान्त्रिक फोरम विजयी बनेका छन् । यद्यपी सुनसरीका दुई उपमहानगर धरान र इटहरीमा एमालेले अग्रता ल्याएकाले ति स्थानमा एमालेले आफ्नो उपस्थिति जनाउने निश्चित छ तर माओवादी भने अहिलेसम्म यो जिल्लामा निल नै छ । 


५.इलाम –दशवटा स्थानी तह रहेको ईलामम सवै नतिजा आइसकेको छ । यो जिल्लाका १० मध्ये सात वटामा एमाले र तीन स्थानमा नेपाली कांग्रेसले जितेपछि माओवादी केन्द्र आउट भएको हो । 


६.झापा– पुर्वको झापा कम्युनिष्ट आन्दोलका लागि उर्वभुमि मानिन्छ । १५ स्थानीय तह रहेको झापाका सवै तहको नतिजा आइसकेको छैन । तरपनि यो जिल्लामा नेपाली कांग्रस ३ वटा तहमा विजयी भैसकेको छ भने राप्रपा तीन २ वटामा एमालेले कव्जा जमाइसकेका छन् । अरु स्थानीय तहको मत गणना जारी छ । 


७.मोरङ– प्रदेश नम्बर एककै एक महानगरसहित १७ स्थानीय तहको अन्तिम मत परिणाम आइनसकेपनि अहिलेसम्म कांग्रेस ७, एमाले ४ र फोरमले १ स्थानीय तहको प्रमुख जितिसकेका छन् । बाँकी मतगणना भइरहेका तहमा पनि कांग्रेस एमाले नै अगाडी रहेका छन् । 


८. धनकुटा– प्रदेश नम्बर एकमै पर्ने पहाडी जिल्ला धनकुटामा भने सातवटै स्थानीय तहमा एमालेले क्लिन स्वीप गरेर कांग्रेस र माओवादी दुवैलाई निल ख्वाएको छ । 


९.ताप्लेजुङ – नौवटा स्थानीय तह रहेको ताप्लेजुङमा सवै तहको परिणाम घोषणा भइसकेको छ । जसमा कांग्रेस ४ र एमालेले ५ वटा स्थानीय तहको प्रमुख पद हतयाएपछि अरु दललाई कुनै तह नै बाँकी नराख्दा उनिहरुको उपस्थिति सुन्य भएको हो । 


१० तेह्रथुम– सवैभन्दा थोरै स्थानीय तह रहेको जिल्ला हो ताप्लेजुङ । पुर्वी पहाडी यो जिल्लामा ६ स्थानीय तह छन् । यो जिल्लामा कांग्रेसलाई समेत आफ्नो उपस्थिति देखाउन झण्डै हम्मेहम्मे परेको छ । ५ स्थानीय तह एमालेले जितेको यो जिल्लामा कांग्रेसले १ तह जितेर आफ्नो उपस्थिति जनाएपनि माओवादी केन्द्रले आफ्नो उपस्थिति देखाउन सकेन ।


११–संखुवासभा– प्रदेश नमबर १ मै पर्ने संखुवासभा जिल्लाका १० स्थानीय तहमध्ये कांग्रेस र एमालेले आधाआधा भागशान्ति जयनेपाल गरेका छन् । कांग्रेसले ५ र एमालेले ५ स्थानीय तहको प्रमुख पद हत्याएपछि यो जिल्लामा पनि माओवादी केन्द्रले आफ्नो उपस्थिति जनाउन असफल रह्यो ।

नोट– अहिलेसम्म ११ जिल्लामा निल भएपनि माओवादी केन्द्रले कञ्चनपुर र मोरङका एक एक स्थानमा अग्रता रहेकाले जिल्लागत संख्या घट्ने सम्भावना रहेको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...