३ सय १४ स्थानीय तहको नतिजा सार्वजनिक (हेर्नुहोस् नामलिस्टसहित)

  • काठमाडौँ ।

दोस्रो चरणअन्तर्गत भएको निर्वाचनमा हालसम्म ३०७ स्थानीय तहका मतपरिणाम घोषणा भएको छ ।

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार प्रदेश नम्बर १ का ११९, प्रदेश नम्बर ५ का १०४ र प्रदेश नम्बर ७ का ८४ स्थानीय तहको मत परिणाम घोषणा भइसकेको छ ।

योसँगै २७ जिल्लाका सबै स्थानीय तहको मतगणना कार्य पूरा भएको छ भने २७ स्थानीय तहको मतपरिणाम घोषणा हुन बाँकी छ ।

आज अपरान्हसम्म प्राप्त मत परिणामअनुसार नेकपा एमाले १३५, नेपाली काँग्रेस ११६, नेकपा ९माओवादी केन्द्र० ३६, सङ्घीय समाजवादी फोरम छ, लोकतान्त्रिक फोरम नेपाल छ, राप्रपा चार, राष्ट्रिय जनमोर्चा दुई र स्वतन्त्र उम्मेदवार दुई स्थानमा स्थानीय तहको प्रमुख÷अध्यक्ष पदमा निर्वाचित भएको आयोगले जनाएको छ ।

उपप्रमुख एवम् उपाध्यक्षमा एमाले १५७, काँग्रेस ९९, माओवादी केन्द्र ३७, सङ्घीय समाजवादी फोरम नेपाल पाँच, लोकतान्त्रिक फोरम नेपाल पाँच, राष्ट्रिय जनमोर्चा दुई, राप्रपाका दुई स्थानमा विजयी भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताए ।

हाल आठ जिल्लाका २४ स्थानीय तहमा मतगणना भइरहेको छ सुनसरीको धरान, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्वास नगरपालिको मतगणना स्थगित छ।

सो निर्वाचन यही असार १४ गते तीनवटा प्रदेशअन्तर्गत ३५ जिल्लाका ३३४ स्थानीय तहका लागि मतदान भएको थियो ।

हेर्नुहोस् सूची यस्तो छ 

,

प्रतिकृया दिनुहोस्

Loading...