आफ्ना नेता-कार्यकर्ता भकाभक पक्राउ परेपछि के भने प्रकाण्डले ? (हेर्नुहोस् विज्ञप्तिसहित)

  • काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टीले सरकारले बिनाकारण गिरफ्तार गरिएका आफ्ना पार्टी नेता–कार्यकर्तालाई रिहा नगरिए परिणाम राम्रो नुहने देउवा सरकारलाई चेतावनी दिएको छ ।

पार्टीका दर्जनौं नेता–कार्यकर्तालाई बिना कारण गिरफ्तार गरी अहिलेपनि चरम यातना दिइरहेको र झुठा मुद्दामा फसाउने षडयन्त्र देउवा सरकारले गरिरहेको भन्दै आक्रोश बन्दीहरुलाई बिनासर्त तुरुन्त रिहा गर्न नेकपाले माग गरेको छ ।

बुधबार नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै कथित स्थानीय चुनावको नाममा संकटकालाई बिर्साउने गरी सरकारले पार्टीका नेता कार्यकर्तालाई दमन, गिरफ्तार, यातना र झुठा मुद्दा लगाएको उल्लेख गर्दै सरकारको रवैयाको घोर भत्सर्ना गरेका छन् ।

‘चुनाव खारेजी अभियानमा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका सयौं नेता तथा कार्यकर्तामाथि सरकारले गरेको दमन र पाशविक धरपकडप्रति गम्भीर अापत्ति र खेद व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।’ देश जनताको पक्षमा संघर्षरत नेकपाका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएर प्रहरीप्रशासनले नै झोलामा बम राखिदिएर फसाउने काम गरिहेको भन्दै आक्रोश पोखेका छन् ।

पार्टीका केन्द्रीय सदस्य एवं मेची ब्यूरो इन्चार्ज सुमन, कोशी ब्यूरो सदस्य इन्दिरा मिश्र, झापा सेक्रेटरी तारा थापा, पार्टी केन्द्रीय सदस्य एवं जनकपुर ब्यूरो इन्चार्ज सन्देशलाई खरखजानामा झुठा मुद्दामा सरकारले फसाएको विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले उल्लेख गरेका छन् ।

त्यसैगरी मोरङ जिल्ला पार्टीका दिप आचार्य, नवराज नेपाल, गणेश निरौला र किरण नेपाललाई अझै हिरासतभित्रै चरम यातना दिइराखेको उल्लेख छ । रोल्पाका सहिद सेते वलीका छोरा बिरबहादुर वलीलाई झुठा मुद्दामा फसाएको र झापाबाट रिहापछि गिरफ्तार गरी तारा थापा ‘प्रशान्त’ र दिलिप थापालाई रौतहट पुर्याई झुठा मुद्दा लगाई जेलमा हालेको, खोटाङमा १ जना र उदयपुरमा २ जना कार्यक्र्तालाई थुनामा राखी चरम यातना दिइएको भन्दै प्रकाण्डले आपत्ति जनाएका छन् ।

‘हाम्रो पार्टी देउवा सरकार र जनार्दन गृह प्रशासनलाई के चेतावनी दिन्छ देश, जनता, क्रान्ति र परिवर्तनको परिवर्तनको निम्ति संघर्षरत पार्टीका नेता, कार्यकर्तालाई झुठा मुद्दामा फसाएर दमन गर्ने मुर्खता नगरियोस् । यसको परिणाम राम्रो हुने छैन’ जारी विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । यसबाट उत्पन्न परिणामको जिम्मेवार देउवा सरकार र गृहप्रशासन हुनुपर्ने भनिएको छ ।

बन्दी बनाइएका सम्पूर्ण नेता कार्यकर्तालाई बिनासर्त तुरुन्त रिहा नगरिए असार २७ गते नेपाल बन्द गर्ने चेतावनी समेत दिइएको छ ।

हेर्नुहोस् विज्ञप्ति
२०७४ असार २१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...