सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नकुल सुवेदी



काठमाडौं ।

सरकारले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद्का सचिव नकुल सुवेदीलाई बढुवा गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

न्याय परिषदका सचिव रहेका सुवेदीलाई सर्वोच्चको मुख्य रजिष्टारमा बढुवा गर्न न्याय परिषदले सिफारिस गरेको थियो।

यस्तै, बैठकले नेपाल र अष्ट्रेलियाबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने जिम्मा परराष्ट्र सचिव शंकरदास बैरागीलाई दिइएको प्रवक्ता कार्कीले बताए।

२०७४ असार २२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...