काँग्रेस-माओवादीका कारण राजपा धरापमा : प्रदिप ज्ञवाली

  • भक्तपुर ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आसन्न २ नंम्बर प्रदेशको निर्वाचनमा आफनो भोट बैंक घट्ने आशंकाले राजपालाई निर्वाचनमा रणनीतिगत रुपमा ल्याउन नखोजेको आरोप लगाएका छन् । 

रफत सञ्चार क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले भने राजपालाई निर्वाचनमा ल्याउने पक्षमा भएपनि सत्तारुढ दलले राजपालाई निर्वाचनबाट टाढा राख्न खोजिरहेको बताए । उनले स्थानीय तहको निर्वाचनको स्मरण गर्दै भरतपुर घटनाका दोषी सरकारले कारवाही गर्न नसकेको आरोप लगाए  । 

ज्ञवालीले यस घटनामा अदालत समेत कहि कतैबाट प्रभावीत भैरहेको आशंका समेत गरे । उनले सत्तारुढ दलकै कारण समयमै मन्त्रीमण्डल विस्तार हुन नसकेको भन्दै यो सरकारको कुनै औचित्य नभएको बताए । उनले एमाले संविधान संशोधन विरोध नभएको प्रष्ट पार्दै सचिव ज्ञवालीले सत्तारुढ दल एमालेसँगको सल्लाह बिनै मनोमानी रुपमा अघि बढेको बताए । 

तोकिएकै समयमा प्रदेश नं २ र अन्य दुई तहको निर्वाचन हुनुपर्ने भन्दै ज्ञवाली यी निर्वाचनमा पनि नेकपा एमाले पहिलो शक्तिका रुपमा उदाउने गरे ।

,

प्रतिकृया दिनुहोस्

Loading...