प्रधानन्यायाधीशको रोचक कहानी, दुईपटक फूलमाला, तीनपटक विहे

  • काठमाडौं । 
मान्छेका जीवनमा अचम्मका संयोजन जुर्छन् । यस्तै संयोगमा भीआइपी पनि पर्छन् । पुनारावेदन अदालतबाट सर्वोच्च अदालतको न्यायाधीशमा बढुवा हुने क्रममा गोपालप्रसाद पराजुलीलाई तीनवटा विवाह गरेको उजुरी संसदीय समितिमा परेको थियो । 

सुनुवाईका क्रममा उनले सफाई पाए । उनले एकपछि अर्की श्रीमतिको निधन भएका कारणले तीन विवाह गर्नुपरेको तर त्यो बहुविवाह नभएको सफाई दिएपछि उनी न्यायाधीश भए ।

फेरि, तत्कालिन प्रधानन्यायाधीश सुशिला कार्कीलाई महाअभियोग लाग्नुअघि उनलाई उमेर बढाएको भन्ने अभियोग पनि लाग्यो ।

तर, त्यो पनि प्रमाणित हुन सकेन । महाअभियोग लाग्नासाथ पराजुली कार्यबाहक प्रधानन्यायाधीशमा नियुक्त भए र फूलमाला लगाएर कार्यालयमा पदभार ग्रहण गरे ।

उनी त्यसबेलै प्रधानन्यायाधीश हुने पक्का भइसकेको थियो तर सर्वोच्चले कार्कीलाई तत्काल सर्वोच्चमा हाजिर हुन आदेश दिँदै महाअभियोग नबढाउन संसदमा पत्र पठायो । कार्कीले काम थालेपछि पराजुली कार्यालय जान छाडेका थिए ।

तर, पुनः सरकारले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गरेपछि सोमबार राष्ट्रपति विद्या भण्डारीबाट पद तथा गोपनियताको शपथ खाएपछि पदभार सम्हाल्न पुग्दा फूलमालाले स्वागत भयो । उनी दुई पटक फूलमालाको स्वागत पाउने भीआइपी पनि बने । 

२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रूपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...