महानगरले दिने भयो अबिबाहित प्रमाणपत्र, हेर्नुहोस् कति लाग्छ शुल्क

  • काठमाडौं । 
के तपाईं अविवाहित हुनुहुन्छ ? हुनहुन्छ भने त्यसको प्रमाण पनि तपाईंसँग हुनुपर्छ । तपाईँ अविवाहित भएपनि त्यसको प्रमाण छैन । र, प्रमाणपत्र बनाउने हो भने अब त्यसलाई प्रमाणित गर्न तपाईँले शुल्क तिर्नुपर्ने हुन्छ ।

तपाई काठमाडौं महानगरपालिकामा बसोबास गर्नुहुन्छ । र, अविवाहित हुनुहुन्छ भने त्यसको प्रमाणको लागि महानगरलाई शुल्क तिर्नुपर्नेछ ।

तपाई विवाहित भएको वा अविवाहित भएको दुबै अवस्थामा सरकारी प्रमाणपत्र बनाउन तपाईँले अब शुल्क तिर्नुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले हालै पारित गरेको आर्थिक ऐन २०७४ मा महानगपालिकाले उठाउने विभिन्न किसिमका करहरु तथा सेवा दिए बापत लिने सेवा शुल्क दस्तुर पनि तोकेको छ । सो ऐनअनुसार अब तपाईँले अविवाहित भएको प्रमाणित गर्नुपर्दा शुल्क तिर्नुपर्ने भएको हो ।

काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको लागि अविवाहित प्रमाणित गरिदिए बापत १ हजार रुपैयाँ सेवा शुल्क दस्तुर लिने छ ।

महानगरले तपाई विवाहित भए वा अविवाहित भए दुबैको प्रमाणपत्र बनाउँदा शुल्क लिनेछ । महानगरपालिकाका अनुसार विवाहको प्रमाणका लागि पनि निश्चित शुल्क तिर्नुपर्नेछ ।

विवाह प्रमाणित गर्नको लागि महानगरले प्रतिपटक ३०० रुपैंया सेवा शुल्क दस्तुरको रुपमा तपाईँसँग असुल्नेछ । अब तपाईँ विवाह प्रमाणित गराउने वा अविवाहित नै बस्ने त्यो जिम्मा भने तपाईँकै ।

२०७४ साउन ३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...