हेर्नुहोस् धरान उपमहानगरपालिकामा एमालेको यस्तो घिनलाग्दो कर्तुत..

  • धरान ।
धरान उपमहानगरपालिकामा मतगणनामा खटिएका कर्मचारीले अन्य पार्टीलाई आएको भोट एमालेको नाममा चढाएको प्रमाण फेला परेको छ । व

डा नम्बर ९ र १० को मतगणना भइरहेका बेला कांग्रेस–माओवादी कार्यकर्ताले मालेलाई आएको भोट एमालेको नाममा चढाएको चाल पाएपछि यस्तो रहस्य खुलेको हो । त्यसपछि यसअघि मतगणना भएका १ देखि ८ नम्बरसम्मका वडामा पनि गडबडी भएको आशंका गरिएको छ । मालेसँगै संघीय फोरमको भोट पनि एमालेको लिस्टमा चढाइएको पाइएको छ ।

वडा नम्बर ९ र १० को मतगणनामा गडबडी भएको रहस्य खुलेपछि कांग्रेस–माओवादी र अन्य दलको विरोधमा मतगणना स्थगित भएको छ । निर्वाचन आयोगले एक टोली गठन गरी छानबिन गरेपछि यी दुई वडामा मात्र अन्य पार्टीलाई आएको २०७ मत एमालेको खातामा चढाइएको प्रमाण फेला परेको हो । त्यसैले कांग्रेस–माओवादीले १ देखि ८ नम्बर वडासम्मको मतगणनामा समेत गडबडी भएकाले पुनः मतगणना हुनुपर्ने माग राखेका छन् ।

तर, एमालेका स्थानीय नेता तथा कार्यकर्ताले यसको विरोध गरेका छन् । नाम नखुलाउने शर्तमा एक कर्मचारीले भने, ‘मलाई पहिल्यैदेखि केही गडबडी हुँदै छ जस्तो लागेको थियो, पछि चाल पाएर पार्टीका एजेन्टहरुलाई खबर गरेको हुँ । मेरो विचारमा मतपरिणम सार्वजनिक भएका १ देखि ८ नम्बर वडामा पनि कुनै न कुनै गडबडी पक्कै भएको छ ।’

अहिलेसम्म धरानमा १ देखि ८ र १३ र १४ नँबर वडाको मतपरिणाम आएको छ । अहिलेसम्मको मतपरिणाम अनुसार एमाले पहिलो, कांग्रेस दोस्रो र माओवादी तेस्रो स्थानमा छ । काठमाडाैं टुडेमा समाचार छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...