हारको समिक्षा गर्न बसेको कांग्रेस केन्द्रीय समिति बैठकमा के-के हुँदैछ ?

  • काठमाडौं । 
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बसिरहेको छ । पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा अप्रत्यासित पराजय व्यहोरे पछि त्यसको समिक्षा गर्दै निर्वाचन केन्द्रीत रणनिति बनाउन केन्द्रीय समिति बैठक बसेको हो । 

बैठकमा स्थानीय तहको निर्वाचन परिणामले उठाएका प्रश्न, सांगठनिक कमि कमजोरी औल्याउदै आगामी निर्वाचनमा अवलम्बन गर्नुपर्ने रणनिति तयार गर्ने बारे छलफल भईरहेको छ । 

पहिलो र दोश्रो चरणको स्थानीय तहको निर्वाचनमा खटिएका केन्द्रीय सदस्यहरुबाट टिकट वितरण, संगठन परिचालन लगायत निर्वाचनमा भएका कमिकजोरीको समिक्षा गर्दै आगामी रणनिति तयारमा बैठक केन्द्रीत रहने कांग्रेसले जनाएको छ । 

बैठकमा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायत सबै केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने भएका छन्। 

स्थानीय तहको निर्वाचन परिणामको समिक्षाको अलावा मन्त्रीपरिषद् विस्तार, संविधान संसोधन तथा प्रादेशिक र केन्द्रीय संसदको निर्वाचन लगायत विषयमा बैठकमा छलफल हुने भएकाले कम्तिमा तीन दिन चल्ने कांग्रेसले जनाएको छ ।

२०७४ साउन ७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...