क्रान्तिकारी नेतृ सिंहले दिइन अध्यक्षमा उम्मेदवारी, पुरुषहरु मात्रै नेता बन्ने परम्परा तोड्ने घोषणा


काठमाडौं । 

पुरुषहरु मात्रै अध्यक्ष बन्ने परम्परा तोड्ने घोषणासहित अखिल क्रान्तिकारीको नेतृत्व लिन छात्राहरु अघि सरेका छन् ।

आइतबार अखिल क्रान्तिकारी छात्रा बिभागले आयोजना गरेको कार्यक्रममा छात्राहरुले अध्यक्ष, महासचिव र सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी भदौ ७ गतेदेखि काठमाडौंमा सुरु हुने २१ अाैं महाधिवेशनमा हाल उपाध्यक्ष रहेकी पञ्चा सिंहले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् । 

त्यस्तै महासचिवमा राजेश्वरी सुवेदीसहित सुनिता किराँती, वृशिका राई, लक्ष्मी प्रधान, सपना प्रधान, आशा तमु र सुनिता यादवले महासचिव र आधा दर्जन छात्राहरुले सचिवमा दाबी गरेका छन् ।

सचिवको दाबेदारमा विष्णु महत, स्मृति अधिकारी, एलिसा थापा विनु खड्का, बसन्ता भण्डारी, गंगा दाहाल, जस्मीन रेग्मी -जयन्ती), आशा खड्का छन् ।

माओवादी पार्टी सबैभन्दा बढी महिला मैत्री भएकाले अखिल क्रान्तिकारीको नेतृत्व अब महिलाको हातमा आउने अध्यक्षको दाबेदार पञ्चा सिंहको विश्वास छ ।

‘लेडिजलाई लिडरसीप नदिने, जेन्ट्सहरुलाई मात्रै दिने परम्परा जस्तो देखिएको छ अखिल क्रान्तिकारीमा त्यसलाई हामी ब्रेक गर्न चाहान्छौं,’ सिंहले भनिन्, ‘माओवादी पार्टीले अहिले महिला लिडरसीप सुनिश्चित गर्छ भन्ने हामीलाई विश्वास पनि छ ।’

,

प्रतिकृया दिनुहोस्

Loading...