ठकुरी सहयोग सञ्जाल कतारको अध्यक्षमा शाह र महासचिवमा मल्ल निर्विरोध

  • कतार ।
ठकुरी सेवा समाज कतारको अध्यक्षमा कृष्ण शाह र महासचिवमा विवेक मल्ल निर्विरोध चयन भएका छन् ।  

शनिबार कतारको दोहास्थित ट्पफम रेस्टुरेन्ट सम्पन्न ठकुरी सहयोग सञ्जाल कतारको तेस्रो बार्षिक उत्सब तथा साधारणसभाले  शाहको नेतृत्वमा १८ सदस्यीय कमिटी गठन गरेको छ । 

जसअन्तर्गत उपाध्यक्षमा सुमन चन्द, प्रथम उपाध्यक्षमा भरत मल्ल र महिला उपाध्यक्षमा अस्मिता मल्ल चयन भएका छन् । त्यस्तै सचिबमा सुलभ चन्द, सहसचिबमा सुरेन्द्र मल्ल, कोषाध्यक्षमा केशु मल्ल शाह र अर्को कोषाध्यक्ष-चन्द्र मल्ल रहेका छन् ।
त्यस्तै सद्स्यहरुमा कोमल शिंह, झमक शाही ,दिवस मल्ल,राम ब मल्ल, बिपिन सिंह,रेशम शाही रहेका छन् ।

श्रीराम मल्लको सभापतित्व र रेशम शाहीको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाका सल्लाहकार जनक सिंह ,अमृत शाही ,निर्मल सिंह लगाएतले आफ्नो मन्तब्य राखेका थिए । महासचिव मल्लले बार्षिक प्रतिबेदन पेश गरेका थिए ।

कार्यक्रममा उपस्थित अथितिहरुले ठकुरी सञ्जालको चर्चा गर्दै सम्पुर्ण ठकुरी सामुदायलाई एकबद्द गरी नेपाल र नेपालीको समृद्धिका लागि अग्रसर हुन पर्नेमा जोड दिएका थिए । 

२०७४ साउन १५ मा प्रकाशित ।


प्रतिकृया दिनुहोस्

Loading...