किन आउदैछन् भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल ? यस्तो छ कारण

  • काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले भारत उद्योग परिसंघ (सिआईआई) सँगको सहकार्यमा लगानी सम्मेलन गर्ने भएको हो। 

दुई मुलुकमा रहेका निजी क्षेत्रबीचको साझेदारीमा आगामी अगस्टको अन्तिम या सेप्टेम्बरको पहिलो साता सम्मेलन आयोजना गरिने महासंघकी अध्यक्ष भवानी राणाले बताइन्।

सम्मेलनलाई सम्बोधन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो गरिएको राणाले बताइन्। ‘भारतीय प्रधानमन्त्री मोदीले सम्मेलनलाई सम्बोधन गर्न नेपाल आउने संकेत दिनुभएको छ,’ उनले भनिन्, ‘उहाँकै समयतालिका हेरेर अगस्टमा गर्ने भनिएको सम्मेलन हामीले सेप्टेम्बरलाई सारेका हौं।’ नयाँ पत्रिकामा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...