प्रचण्डलाई मार्न खोज्ने नेता माओवादी बैठकमा पुगेपछि..

  • काठमाडौं ।
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सचिवालय बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई मार्न चाहने नेताहरु पनि सहभागी रहेको खुलासा भएको छ । त्यस्तो खुलासा अरु नेताले गरेका होइनन्, स्वंयम अध्यक्ष प्रचण्डले गरेका हुन् ।

‘प्रचण्डलाई मार्नुपर्छ, सिध्याउनुपर्छ भन्नेहरु पनि यही बैठकमा हुनुहुन्छ । यही रहेका साथीहरुले प्रचण्डले बिगारयो, पार्टी सिध्यायो भन्नुहुन्छ’, प्रचण्डले शनिबारको बैठकमा व्यक्त गर्नु भएको अभिव्यक्ति उद्धृत गर्दै एक वरिष्ठ नेताले अन्नपूर्णसँग भने, ‘यस्ता कुरा मैले बाहिर सुनेको होइन । मेरो भन्नु केही छैन । पार्टी मैले मात्र बिगारेको होइन, हामी सबै मिलेर बिगारेका छौँ,’ प्रचण्डले आफूलाई मार्न चाहने नेताको नाम भने बैठकमा भनेन ।

एक साता लामो बैठक समापनका क्रममा अध्यक्ष प्रचण्डले त्यस्तो अभिव्यक्ति दिँदा नेताहरु हाँसेका थिए । अध्यक्ष प्रचण्डले १४ बुँदे लिखित प्रस्ताव पेश गर्दै बैठक समापन गरेका थिए । ती १४ बुँदे प्रस्तावलाई पनि बैठकले पारित गरेको थियो ।

बैठकमा प्रचण्डले माओवादीका नेता कार्यकर्ता सामाजिक नभएको पनि बताए । ‘चुनावमा भोट माग्दा श्रीमतीलाई पनि नमस्कार गर्नुपर्यो नि १ त्यो कला प्रयोग गर्नुपर्यो। चुनावी रणकौशल प्रयोग गर्नु पर्यो’ प्रचण्डले भने । तर माओवादी नेता कार्यकर्ताले त्यस्तो नगरको उहाँको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

Loading...