काकाबाट बलात्कृत १० वर्षीय बालिकाले जन्माइन् २ किलोको बच्‍चा


काठमाडौं । 

अाफ्नै काकाबाट बलात्कृत एक बालिकाले हृष्टपुष्ट बच्चा जन्माएकी छन् ।

गर्भपतन गर्न अदालतले रोक लगाएपछि १० वर्षीय बालिकाले सिजरियन शल्यक्रियामार्फत शिशुलाई जन्माएकी हुन् । 

परिवारले गर्भपतन गराउन भनेपछि उनले अदालतमा याचना गरेकी थिइन । त्यसपछि अदालतले गर्भपतन नगर्न नगराउन आदेश दिएको थियो । नवजात शिशु र अामाको दुबै स्वस्थ रहेको बताइएको छ ।

चन्डीगढको एक स्थानीय अदालतले गर्भवती भएको निकै समय भइसकेको र सो अवस्थामा गर्भपतन गर्दा उनको ज्यान जोखिममा पर्ने सक्ने चिकित्सकहरुको राय भएको भन्दै उनलाई गर्भपतनको अनुमति नदिएपछि सर्वोच्च अदालतले पनि त्यहि आदेश सदर गरेको थियो ।

अहिले शिशु र आमाको स्वास्थ्य सामान्य रहेको बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

Loading...