हिरासतमामा रहेका नेता लामाको स्वास्थ्य अवस्था गम्भीर, आकस्मिक कक्षमा उपचार हुँदै

  • नमिता पौडेल, काठमाडौँ ।
बिहिबार गिरफ्तार परी हिरासतमा रहेका  नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका बिशेष ब्युरो इन्चार्ज माइला लामाको स्वास्थ्यमा गम्भीर समस्या आएको छ । 

अस्वस्थ रहेकै अवस्थामा गिरप्तार परेका लामाको स्वास्थ्यमा एकाएक खराबी देखिएपछि प्रहरीले उनलाई बिहिबार राती बिर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेको छ ।

अखिल क्रान्तिकारी काठमाडौँ जिल्ला समितिको बैठक बसिरहेका बेला बैठक हलबाटै गिरप्तार गरिएका नेता लामाको स्वास्थ्य गम्भीर रहेको र राज्यले प्रभावकारी उपचार नगरेको कम्युनिष्ट पार्टीले जनाएको छ ।

अखिल कान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा सिटीईभिटी संयोजक सुनिता बमले नेता लामालाई बिहिबार मध्यरातीदेखि बिर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको इमान्दार मिडियालाई बताइन । उनका अनुसार प्रहरीको सुरक्षा घेरा भित्र लामाको उपचार भइरहेको छ । 

बिना कारण गिरफ्तार गरिएका नेता लामाको स्वास्थ्यमा गम्भीर समस्या आउँदा पनि रिहा नगरिएको भन्दै बमले पत्रकार, मानवाधिकारवादी, नागरिक समाज र अधिकारकर्मी सबैमा पहल गरिदिन आग्रह गरेकी छन् ।

यस्तै गणतन्त्रका निम्ती आफ्नो ज्यानको बाजी थापेर लडेका नेताको सवास्थ्यमा गम्भीर समस्या आउँदाआउँदै पनि बिना कारण गिरफ्तार गरिनु र हिरासतमा राखिनुले मानवाधिकारको गम्भीर उलंघन भएको अधिकारकर्मि तथा जनाधिकार फोरम नेपालका अध्यक्ष एकराज भण्डारीले बताएका छन्।

उनले इमान्दार मिडियासंग कुरा गर्दै भण्डारीले यसरी शान्तिपूर्ण राजनीतिमा रहेको पार्टीका नेता कार्यकर्तामाथि धरपकड गरिनुले राज्य तानाशाही बन्दै गएको आभास भएको र गणतन्त्रको खिल्ली उडेको बताएका छन्।

नेता लामाको स्वास्थ्यमा समस्या आउँदा समेत उनलाई रिहा नगरिएको र प्रभावकारी उपचारको ब्यवस्था नभएको भन्दै कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले  ब्यापक बिरोध गरेका छन्।

नेता लामालाई बिना सर्त स-सम्मान रिहा गर्न उनका समर्थक शुभचिन्तक र पार्टीका नेता कार्यकर्ताहरुले माग गरेका छन् ।

२०७४ भदौ २ गते प्रकाशित

यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...