विद्युत प्राधिकरणमा कुलमान घिसिङले गरे अर्को चमत्कार !


काठमाडौं ।

बर्षौदेखि घाटामा गईरहेको विद्युत प्राधिकरण नाफामा पुर्याएर कुलमान घिसिङले अर्को चमत्कार गरेका छन् गएको छ ।

लोडसेडिङको अन्त्य गरेर सबैको ध्यान आफूतिर तानेका प्राधिकरणका प्रमुख घिसिङ फेरी एकपटक चर्चामा आएका छन् ।

विद्युत् प्राधिकरणले जारी गरेको सार्वजनिक सूचना अनुसार प्राधिकरणले गत आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ४० करोड नाफा गरेको छ।

प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गतवर्ष प्राधिकरणले विद्युत् बिक्रीबाट ५० अर्ब रुपैयाँ कमाएको छ । यहि अवधिमा अघिल्लो वर्ष विजुली बिक्रीबाट ३५ अर्ब कमाएको थियो । 

अघिल्लो बर्षको तुलनामा खर्च बढेपनि नाफा समेत बढेको छ । प्राधिकरण गतवर्ष नाफामा गएपनि अहिले पनि यसको सन्चिती नोक्सानी ९७ करोड ८९ लाख रहेको छ । अघिल्लो वर्षसम्म यस्तो नोक्सानी ८ अर्ब ८९ करोड रहेको थियो । 

प्राधिकरणले गतवर्ष भारत र निजी क्षेत्रलाई विद्युत् खरिद वापत २८ अर्ब ४५ करोड रुपैयाँ खर्च गरेको छ भने विद्युत् खरिद र कर्मचारीको तलबमा ४५ अर्ब ४७ करोड रुपैयाँ खर्च गरेको छ ।

२०७४ भदौ २ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...