धेरै महिलासंग यौनसम्पर्क राख्ने पुरुषलाई क्यान्सर नहुने, पत्ता लाग्यो अनौठो तथ्य..

  • एजेन्सी ।

धेरै महिलासंग सम्पर्क राख्ने पुरुषलाई हाम्रो समाजले मात्र होइन विश्वकै समाजले राम्रो मान्दैन भन्दा फरक नपर्ला । अझ एकभन्दा बढी महिलासंग यौनसम्पर्क गर्नेलाई एचआइभी लगायतका ठूला रोग लाग्न सक्छन् । 

तर, सुन्दा अचम्म लाग्न सक्छ जो बढीभन्दा बढी महिलासंग सुत्छ उसलाई प्रोस्टेट क्यान्सर हुने सम्भावना कम हुने अनौठो कुरा अनुसन्धानबाट खुलेको छ । एक प्रतिवेदनका अनुसार, २० बढी महिलासंग यौनसम्पर्क गरेको मानिसमा क्यान्सरको सम्भावना २८ प्रतिशत कम हुन्छ।

आक्रामक ट्युमरसमेत १९ प्रतिशतले कम हुन्छ। बेलायतमा गरिएको अध्ययनले कुनै पुरुषले जति बढी महिलासंग यौनसम्पर्क गरेको छ, प्रोस्टेट क्यान्सरको सम्भावना कम भएपनि उत्तिकै बढी सम्भावना पनि देखाएको छ । यसका लागि पूरूषले सुरक्षित रूपमा याैन सम्पर्क भने राख्न अावश्यक हुन्छ ।

पुरुषको वीर्यबाट प्रोस्टेट क्यान्सरको खतरा बाहिर जान सक्ने आंकलन गर्दै आफ्नै श्रीमती वा हस्तमैथुन गर्नुमा उपयुक्त हुने सुझाएको छ। यो अध्ययनले जसले बढी यौनसम्पर्क गर्छ उसमा प्रोस्टेट क्यान्सरको सम्भावना कम हुने बताएको छ । 

यौनसम्पर्क नगरी ब्रम्हचर्य जीवन बिताउन खोज्नेलाई यो अध्ययनले चुनौती थपेको छ । बेलायतमा हरेक वर्ष झण्डै ४२ हजार प्रोस्टेट क्यान्सरका विरामी थपिएका छन् । जसमा ११ हजारको ज्यान जाने गरेको छ ।

प्रतिकृया दिनुहोस्

Loading...