यातायात कार्यालयका दलालको चलखेल बुझ्न मन्त्री नै ग्राहक बनेर लाईन बसे

  • काठमाडौँ । 
सधैं भीडभाड र कोलाहल हुने यातायात ब्यवस्था कार्यलय एकान्तकुनामा एक ब्यक्ति लाईनमा उभिए । दायाँबाँयाँ लाईसेन्स लिन लामबद्धहरुले उनलाई आफुजस्तै सेवाग्राही ठाने । 

ती ब्यक्तिले सेवाग्राहीसंग लाईसेन्स लिन कति गाह्रो है तपाईको मिलाएको हो ?  भनी एक दुई जनासंग संवाद पनि गरे । 

त्यसरी लाईनमा बसेर सेवाग्राहीसंग संवाद गर्ने ती ब्यक्ति यातायातमन्त्ती वीरबहादुर बलायर थिए । मन्त्री बलायरले दलालको चलखेल बुझ्न परिचय लुकाएर अनुगमनमा गएको बताए । 

म अनुगमनमा निस्केको कुरा यातायातका कर्मचारीलाई जानकारी थिएन । सेवाग्राहीले पाएको दुःख देखेर चिन्तित भएँ उनले भने ।, यो खबर आजको कान्तिपुरमा छ ।

२०७४ साउन २३ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...