१० हजार मिटर दौडमा लगातार तेस्रोपटक विश्व च्याम्पियन बने मोहम्मद फराह


काठमाडौं ।

बेलायतका मोहम्मद फराहले विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा १० हजार मिटर दौडमा स्वर्ण पदक जितेका छन् । 

लण्डन स्टेडियममा शुक्रबार राति भएको प्रतिस्पर्धामा ओलम्पिकमा स्वर्ण पदक जितेका तथा प्रतियोगिताका साबिक विजेता फराहले स्वर्ण पदक जितेका हुन् । 

उनले लगातार तेस्रो पटक यो स्पर्धामा विश्व च्याम्पियनसिपमा स्वर्ण पदक जित्न सफल भएका छन् । 

स्वर्ण पदक जितेका फराहले निर्धारित दूरी २६ मिनेट ४९ दशमलव ५१ सेकेण्डमा पूरा गरे ।

यो स्पर्धामा युगाण्डाका जोशुए चेपटेगेइले रजत तथा केन्याका पउल तानुइले काश्य पदक जिते ।


२०७४ साउन २१ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...