भरतपुरको पछिल्लो अपडेटः रोमाञ्चक बन्यो प्रतिष्पर्धा, मतान्तर ७६ मात्रै रहँदा तनावमा देवी ज्ञवाली

  • भरतपुर । 
भरतपुर महानगरपालिका वडा नम्बर २० को मतगणना अहिले जारी छ ।

जारी मतगणनामा नेकपा एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७६ मतले मात्र अघि छन् । 

यस वडामा खसेको ३३ सय २ मतमध्ये १२ सय मत गनिसकिएको छ । भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । रेणुले भकाभक मत पाउन थालेपछि देवी तनाबमा परेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...