तराइमा किन खटाइए १७ हजार ५ सय सेना ? यस्तो छ रहस्य

  • काठमाडौं ।
साउन अन्तिम सातादेखि परेको अविरल वर्षापछिको बाढी र डुबानबाट प्रभावित क्षेत्रमा १७ हजार ५ सय सेना परिचालन गरिएको छ ।

बाढी पहिरो र डुबानपीडितहरुले अपेक्षाकृतरुपमा राहत र उद्दार नपाएको भन्दै चौतर्फी आलोचना भएपछि शेरबहादुर देउवा सरकारले प्रभावित जिल्लामा ठुलो संख्यामा नेपाली सेना परिचालन गरेको हो ।

बाढी तथा पहिरोवाट प्रभावित विभिन्न जिल्लामा स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाको उद्धार तथा राहत टोलीले हवाई तथा पैदल मार्गबाट राहत सामाग्री वितरण गर्ने कार्य गरि रहेको छ ।

नेपाली सेनाको हवाई साधनबाट हाइजेनिक किट, पानी शुद्धिकरण गर्ने औषधी तथा खाद्यान्नहरु काठमाण्डौबाट प्रभावित ईलाकातर्फ लगिएको छ । बाढी प्रभावित सप्तरी, नवलपरासी, बाँके तथा बर्दिया जिल्लाको विभिन्न स्थानहरुमा अस्थायी मेडिकल क्याम्प खडा गरी स्वास्थ्य उपचार समेत प्रदान गरि रहेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सप्तरी, सिराह, उदयपुर, धनुषा, रौतहट र नवलपरासी जिल्लाका विभिन्न स्थानहरुमा अस्थायी तटबन्ध निर्माण कार्य गरिएको र सप्तरी, बाँके, बर्दिया र नवलपरासी जिल्लाको विभिन्न स्थानमा अवरुद्ध सडकहरु सुचारु गर्ने कार्य समेत गरि रहेको छ ।

२०७४ भदौ २ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...