सामाजिक सञ्जालमा फेरी ट्रोलको सिकार भइन् अभिनेत्री प्रियंका, यस्तो छ कारण


काठमाडौं ।

भारतीय अभिनेत्री प्रियंका चोपडा सामाजिक सञ्जालमा फेरी ट्रोलको सिकार भएकी छन्। 

भारतको झण्डा आफ्नो घाँटीमा बेरेको तस्वीर फेसबुकमा सेयर गर्दा उनले सामाजिक सञ्जालमा ट्रोलको सिकार हुनु परेको भारतीय सञ्चार मध्यमहरुले जनाएका छन् । 

उनको तस्वीरमा देशको झण्डाको सम्मान नगरेको तथा अबैधानिक जस्ता कमेन्ट फ्यानहरुले गर्न थालकेका छन् । मानिसहरुले प्रियंकाले भारतको झण्डालाई कुनै सामान जस्तो सस्तो तरिकाले प्रयोग गरेको भन्दै आक्रोश पोखेका छन्। 

प्रियंकालाई मन नपराउनेहरुले त झन् राष्ट्रको गौरब झण्डको अपमान गरेको भन्दै भारत फर्किएर नआउन भनेका छन्।  सामाजिक सञ्जालमा प्रियंका प्राय ट्रोलको सिकार हुने गरेकी छन्। 

भारतको स्वतन्त्रता दिवसको अवसरमा हरेक वलिउड सेलिब्रेटीले आफ्नो फ्यानलाई सामाजिक सञ्जालबाट शुभकामना दिएका छन्। यसअघि उनी प्रधानमन्त्री मोदीलाई भेट्न जाँदा खुट्टा देखिने कपडा लगाएको भन्दै ट्रोलको सिकार भएकी थिइन् ।

प्रतिकृया दिनुहोस्

Loading...