भारतसँग हार व्यहोर्दै यू-१५ च्याम्पियनशीपको उपविजेतामा बन्यो नेपाल

  • काठमाडौं ।

साफ अन्डर १५ च्याम्पियनशीप फुटवलको आइतबार भएको फाइनल खेलमा नेपाल उपविजेतामा सीमित भएको छ । प्रतियोगिताको फाइनल भारतसँग भएको खेलमा नेपाल २– १ ले पराजित हुन पुग्यो । 

पहिलो हाफमा १–० ले अगाडि रहेको नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । भारतीय टिमको दबाबमा नेपाल २– १ पराजित हुन पुगेको हो । दोस्रो हाफको ५९ औं मिनेटमा भारतले गोल गरी बराबरी बनाएको थियो । 
मा भारतले गोल फर्काउँदै १–१ को बराबरीमा ल्याएको छ ।

सब्सटिच्युडको रुपमा मैदान आएका लाल रोकिमाको गोलले बराबरी गरेको भारतले ७२ औं मिनेटमा अर्को गोल थपिए पछि नेपाल उपविजेता बन्न पुग्यो । 

खेलको ७५ औं मिनेटमा भारतका विक्रम प्रताप सिंहले गोल गरेपछि भारतले २–१ ले अग्रता लिएको थियो । यसअघि, ब्रिजेस चौधरीले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई ४१ औँ मिनेटमा अग्रता दिलाएका थिए ।

भारतीय डिफेन्डरले रन्जन पुनलाई डी एरियामा लडाएपछि नेपालले पेनाल्टी पाएको थियो । जसको सदुपयोग गर्दै चौधरीले नेपाललाई अग्रता दिलाएका थिए । उनको प्रहार दाहिनेतिरको पोस्टमा लागेर जाली चुम्न पुगेको थियो । यसअघि, समूह चरणको खेलमा भने नेपाल भारतसँग २–१ ले पराजित भएको थियो ।

,

प्रतिकृया दिनुहोस्

Loading...