'क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ' भन्दै प्रभु बैंकले उपत्यकामै गर्यो वृक्षारोपण

  • काठमाडौं। 
प्रभु बैंकले बुढानिलकण्ठ नगरपालिकाको बाँसवारीदेखि गणेशचोकसम्मको मूल सडकको दायाँबायाँ वृक्षारोपण गरेको छ।

'क्लिन एण्ड ग्रीन बुढानिलकण्ठ' भन्ने नाराका साथ बैंकले शनिबार वृक्षारोपण गरेको हो। बुढानिलकण्ठका मेयर उद्धवप्रसाद खरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले संयुक्त रुपमा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरेका थिए।

उक्त वृक्षारोपण कार्यक्रममा स्थानीय वडा प्रतिनिधिहरु, नगरपालिकाका कर्मचारीहरु, प्रभु बैंकका कर्मचारीहरु तथा स्थानीय बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नगर प्रमुख खरेलले वृक्षारोपणमा सहयोग गरेकोमा प्रभु बैंकप्रति आभारा व्यक्त गरेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत शेरचनले गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउनुका अतिरिक्त सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक काम समेत गर्दै आएको बताए।

२०७४ भदौ ११ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...