गोरखापत्रका संस्थानका अध्यक्षसहित एक दर्जन कर्मचारी संचारमन्त्रीको कारवाहीमा !

  • काठमाडौं ।
संचारमन्त्रीले गोरखापत्र संस्थानका अध्यक्ष गोविन्द पोखरेललाई कार्बाही गर्ने तयारी गरेका छन् ।

सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले कार्यालय समयमै उपस्थित नभएको कारण देखाउँदै अध्यक्ष पोखरेलसहित संस्थानका माथिल्लो ओहोदाका कर्मचारीहरूलाई कार्बाही गर्न लागिएको स्पष्ट पारे।

समयमा कार्यालयमा हाजिर नहुने गुनासो आएपछि मन्त्री बस्नेतले आइतबार बिहान कार्यालय खुल्ने समयमा गोरखापत्र संस्थान र नेपाल दूरसंचार प्राधिकरणको कार्यालयको अनुगमन गरेका थिए । मन्त्री बस्नेत आइतबार बिहान सवा १० बजे अनुगमनका लागि गोरखापत्र संस्थान पुगेका थिए । त्यहाँ संस्थानका अध्यक्षसहित माथिल्लो ओहोदाका कर्मचारीको कार्यालय तालाबन्दीको अवस्थामा भेटिएकाले उनीहरूलाई कार्बाही गर्नुपर्ने अवस्था आएको पनि मन्त्री बस्नेतले जानकारी दिए ।

उनले गोरखापत्र संस्थानका व्यवस्थापनका अधिकांश कर्मचारीहरू समयमा कार्यालय आउने नगरेपछि उनीहरूलाई कार्बाही गर्न मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूसँग सोधपुछ भइरहेको पनि उल्लेख गरे ।

मन्त्री बस्नेतलेले गोरखापत्र संस्थानको अनुगमन सकेलगत्तै नेपाल दूरसंचार प्राधिकरणको पनि अनुगमन गरेका थिए । अनुगमनका क्रममा ४३ जना कर्मचारीमात्रै उपस्थित भएको पाइएको मन्त्री बस्नेतले बताए । प्राधिकरणको केन्द्रीय कार्यालयमा ५८ जनाको दरबन्दी छ । मन्त्री बस्नेतले बिहान ११ बजेसम्म ४३ जनाको मात्रै उपस्थित देखिएकाले अनुपस्थित भएका कर्मचारीलाई पनि कार्बाहीको दायरामा ल्याउने चेतावनी दिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...