एमालेले यसकारण गर्‍यो ६२ नेतामाथि कारबाही र १५ नेता निष्काशन !

  • कपिलवस्तु । 
नेकपा (एमाले) ले चुनावमा अन्तरघात गर्ने नेताहरुलाई कारवाही गरेको छ ।

कपिलवस्तुले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गर्ने ६२ जनालाई कारबाही गरेको गरेको छ भने १५ जनालाई निष्काशन गरेको छ ।

कारबाहीमा जिल्ला नेतादेखि साधारण सदस्यसमेत परेका छन् । कारबाहीस्वरुप केहीलाई जिल्ला कमिटीबाट हटाइएको छ भने केहीलाई निलम्बन गरिएको छ ।

जिल्ला पार्टी सचिव बाबुराम आचार्यका अनुसार कारवाही पर्नेमा जिल्ला कमिटी र सल्लाहकार परिषद्का सदस्य पूर्णचन्द्र परियार, फूलकुमारी श्रेष्ठ, खम्बबहादुर शाह, बलराम भुसाल, मनेश्वरी श्रेष्ठलगायत १५ जनालाई पार्टी कमिटीबाट निष्काशन गरिएको छ ।

पार्टी विधानको धारा ४९ को दफा क ३ र ८ बमोजिम कसुरको आधारमा चुनावमा अन्तरघात गर्ने जिल्ला नेतादेखि साधारण सदस्य समेत कारबाहीमा परेको जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिए ।

२०७४ 

, ,

प्रतिकृया दिनुहोस्

Loading...