चार मन्त्री माग्दै बालुवाटारमा पशुपति शम्शेर धर्नामा !


काठमाडौं । 

राप्रपा विभाजिन गरी नयाँ पार्टी दर्ता गरेका पशुपति शम्शेर राणा चार मन्त्री माग्दै बालुवाटार पुगेका छन् । निर्वाचन आयोगमा दल दर्ता भएलगतै राणा मन्त्री माग्दै बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई तीन मन्त्रालय दिने बचन दिएका छन् । तर राणाले आफुलाई जसरी पनि चार मन्त्रालय दिन माग गर्दै देउवासँग अड्डी कसेको स्रोतले बतायो । मंगलबार प्रधानमन्त्री देउवालाई भेटेका राणाले चार मन्त्रलाय दिन मरिहत्ते गरेका गरेका थिए ।

तर देउवाले तीन मन्त्रालय मात्र बाँकी भएकोले राज्यमन्त्री थपिदिने बचन दिएको स्रोतले इमान्दार मिडियालाई बतायो । विहीबार राणाले प्रधानमन्त्री देउवालाई तीन क्याविनेट मन्त्री र चार राज्यमन्त्रीको सुचि दिने बुझाउने भएका छन् ।

प्रधानमन्त्रीलाई भेटेपछि मंगलवार साँझ नै उनले राप्रपा प्रजातान्त्रिकको अनौपचारिक छलफल आफ्नै निवासमा गरेका थिए । राणा निवास विजयबासमा भएको अनौपचारिक बैठकले तीन मन्त्री र चार राज्यमन्त्रीको नाम टुंगा लगाएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...