कान्तिपुर दैनिकले गलत समाचार लेखेको भन्दै गृहमन्त्रालयले निकाल्यो यस्तो कडा विज्ञप्ति

  • काठमाडौं ।
कान्तिपुर दैनिकले गलत समाचार सम्प्रेषण गरेको भन्दै गृह मन्त्रालयले त्यसको खण्डन गरेको छ ।

मन्त्रालयले ‘राज्यमन्त्रीकै गाडीमा फर्जी नम्बर’ भन्ने शिर्षकको समाचार खेदजनक भएको भन्दै आपत्ति समेत जनाएको छ ।

भदौ १३ गते अर्थात हिजो कान्तिपुर दैनिकमा प्रकाशित उक्त समाचार गलत भएको मन्त्रालयको निष्कर्ष छ ।बुधबार गृह मन्त्रालयका सह-सचिव तथा प्रबक्ता रामकृष्ण सुबेदीले एक विज्ञप्ति निकालेर उक्त समाचारको खण्डन गरेका छन् ।

‘समाचारमा उल्लेख भए जस्तो माननीय गृह राज्यमन्त्री श्री श्यामकुमार श्रेष्ठज्यूले हुलाक सेवा विभागको नाममा रहेको बा. झ १००९ नम्बरको फर्जी सवारी साधन प्रयोग गर्नु भएको छैन । माननीय गृह राज्यमन्त्रीज्यूले गृह मन्त्रालयकै नाममा रहेको बा झ १०७७ र बा. १ झ ६४०७ नम्बरको सवारी साधन प्रयोग गरी रहनु भएको छ ।’ सुबेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

हेर्नुहोस् पूर्ण विज्ञप्ति
२०७४ भदौ १४ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...