आज लाग्दै छ चन्द्रग्रहण, कुन राशीमा कस्तो असर पर्छ ?

  • काठमाडौं । 
सोमबार राती नेपाली समयअनुसार ११ बजेर ७ मिनेटमा चन्द्रग्रहण लाग्दै छ । यो सन् २०१७ को पहिलो चन्द्रग्रहण हो । 

यो चन्द्रग्रहण नेपालसहित दक्षिण र पूर्वी एशियाका देशमा तथा अष्ट्रेलिया, अफ्रिका र सम्पूर्ण यूरोपबाट देख्न सकिने छ ।

चन्द्र ग्रहण लाग्दा कुन राशिमा के असर ?

मेषः मेष राशिका व्यक्तिहरुले आफ्नो स्वास्थ्यमा बढी ध्यान दिनुपर्दछ । कुनै पनि कुरालाई लिएर मन चिन्तित र खिन्न बनाउनु हुँदैन ।

वृषः वृष राशिका व्यक्तिहरु कुनै प्रकारको पारिवारिक समस्यामा फस्न सक्ने सम्भावना बढी छ । साथै आफ्नो सन्तानसँग जोडिएका विषयलाई लिएर चिन्ता बढ्न सक्दछ ।

मिथुनः मिथुन राशिका व्यक्तिहरुलाई चन्द्रग्रहणले लाभ दिन्छ । साथीहरुको सम्बन्धबाट सुख र सहयोग प्राप्त हुनेछ ।

कर्कटः कर्कट राशीका व्यक्तिहरुलाई आजको चन्द्रग्रहण शुभ मानिएको छैन । जीवनसाथीलाई कष्ट हुने योग छ । खर्च बढ्ने र मानसिक तनाव हुनसक्ने छ ।

सिंहः सिंह राशी भएका व्यक्तिहरुको स्वास्थ्यमा समस्या आउनसक्छ । कुनै न कुनै कुराले तनाव रहिरहन सक्छ । कष्टको अनुभूति पनि हुन्छ ।

कन्याः कन्या राशी भएका व्यक्तिहरुलाई पैसाको संकट पर्नेछ । खर्चलाई नियन्त्रणमा राख्नु राम्रो हुन्छ । व्यय बढ्ने र मान सम्मानमा आँच आउने भएकाले विशेष सजग हुनपर्ने छ ।

तुलाः तुला राशी भएकाहरुलाई आजको चन्द्रग्रहण शुभ छ । आज धेरै खुसी प्राप्त हुनेछ । बिग्रेका कामहरु बन्ने छ । घर गृहस्थीको स्थितिमा सुधार हुनेछ ।

वृश्चिकः वृश्चिक राशी भइकाहरुलाई पनि चन्द्रग्रहण शुभ छ । धनलाभ मिल्ने योग छ ।

धनुः धनु राशी भएकाहरुलाई आजको दिन खासै राम्रो मानिएको छैन । धन हानी हुने योग छ । त्यसैले पैसाको लेनदेन गर्दा सावधानी हुनुपर्ने र सोचबिचारका साथ निर्णयमा पुग्नुपर्ने हुन्छ ।

मकरः मकर राशीमा नै चन्द्रग्रहण छ । त्यसैले आजको दिन राम्रो मकर राशी भएकाहरुलाई राम्रो छैन । दुर्घटना हुनसक्ने योग छ । सजग हुनुपर्ने र लापरवाहीबाट बच्नुपर्ने हुन्छ । शत्रुहरु सक्रिय भएकाले नोक्सान पुर्याउन सक्छन् । शारीरिक कष्ट पनि हुनसक्ने योग छ ।

कुम्भः कुम्भ राशी भएकाहरुलाई पनि आजको दिन राम्रो छैन । धन सम्बन्धी मामिलामा सावधानी अपनाउनुपर्ने छ । धन हानीको योग छ । आफ्ना नराम्रा आनिबानी आजैको दिनबाट सुधार्दा राम्रो हुन्छ अन्यथा त्यसैबाट नकारात्मक असर पर्ने छ ।

मीनः मीन राशी भएकाहरुलाई आजको चन्द्रग्रहण अनुकल रहनेछ । तर, धन सम्बन्धी मामलामा भने सावधानी रहनुपर्ने छ । धन हानीको आशंका छ ।

२०७४ साउन २३ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...