मेयर पदको टिकटका लागि भागबण्डा नमिलेपछि राजपाभित्र कुटाकुट

  • काठमाडौं । 
आसन्न स्थानीय तहको निर्वाचनमा बीरगन्ज महानगरपालिकाको मेयर पदमा टिकट लागि भागबण्डा नमिलेपछि राजपा नेपालभित्र कुटाकुट भएको छ । 

राजपाले निर्वाचनमा भाग लिने निर्णय गरेलगतै टिकटको भागबण्डा सुरु भएको छ । शुक्रवार बीरगन्ज महानगरपालिकाको मेयर पद टुंग्याउन केन्द्रीय पर्यबेक्षक टोली पुगेको थियो । बैठक सुरु नहुँदै उम्मेद्धार पदका आँकक्षीबीच कुठाकुट भएको छ ।

वीरगन्जको कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने तयारी भइरहेका बेला मेयर पदका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थकबीच कुटाकुट भएको हो । झडपपछि बैठक नै स्थिगित भएको छ । मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यनार बोकेर दलबलसहित बैठक स्थल पुगेका थिए ।

वीरगञ्ज माहानगरपालिका, पोखरीयासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीको पहिचान गर्न बैठक बोलाइएको थियो। राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नु भन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटको बिषयलाई लिएर झडप भएको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...