घरेलु मैदानमा बंगलादेशलाई नेपालले धुलो चटायो


काठमाडौं । 

साफ पन्ध्र वर्षमुनिको च्याम्पियनसिपअन्तर्गत आज भएको पहिलो सेमिफाइलन खेलमा नेपाल बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको सेमिफाइनल खेलमा ४–२ गोलअन्तरले हराउँदै नेपालले फाइनल यात्रा तय गरेको हो । नेपालले उपाधिका लागि भारतसँग आइतबार खेल्नेछ । नेपालले खेलको पहिलो हाफमा २–० को अग्रता लिएको थियो ।

नेपालका लागि दुवै गोल आकाश नेपालीले गरे । उनले खेलको छैटौंँ मिनेटमा पहिलो तथा ३० औं मिनेटमा दोस्रो गोल गरे । रन्दीप पौडेलको क्रसमा आकाशले सिक्स यार्ड बक्स बाहिरबाट पहिलो गोल गरेका थिए । 

दोस्रो गोल भने दर्शन गुरुङले मैदानमा दिएको बल दीपक भन्डाराले हेड गरे । उक्त बललाई आकाशले ट्याप गर्दै गोल गरे । त्यस्तै खेलको ६५ औंँ मिनेटमा बंगलादेशका नजमुल विश्वासको आत्मघाती गोलमा नेपालको अग्रता तेब्बर भयो । नेपालका अर्का खेलाडी ब्रिजेश चौधरीले खेलको अन्तिम समयमा थप एक गोल गोल गरेपछि नेपालको जित सुनिश्चित भयो । उनले रन्दीपको क्रसमा गोल गरेका थिए । 

यता बंगलादेशकाका फहिम र हुसेनले एक एक गोल गरेका थिए । त्यसैगरी हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा भएको अर्को सेमिफाइनलमा भारत भुटानलाई तीन शून्य गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको छ ।

२०७४ भदौ १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...