कञ्चनपुरमा फेला पर्‍यो लोपोन्मुख प्रजातिको १० फिट लामो अजिङ्गर

  • कञ्चनपुर ।
कञ्चनपुरको बेदकोट नगरपालिका–६ मुसपानीमा लोपोन्मुख अजिङ्गर फेला परेको खबर आएको छ ।

स्थानीय लप्टन चौधरीको खेतमा मंगलबार आठ किलो ५०० ग्राम तौल भएको र १० फिट लामो लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको हो । 

स्थानीय बासिन्दाले अजिङ्गर देखेपछि जिल्ला वन कार्यालयलाई खबर गरेपछि अजिङ्गरको सकुशल उद्धार गरिएको हो । 

उक्त अजिङ्गरलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको वन कार्यालय कञ्चनपुरका प्रमुख शिव शर्माले बताए । अजिङ्गर निकुञ्ज क्षेत्रबाट आएको हुनसक्ने अनुमान छ ।

२०७४ साउन ३२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्

Loading...