पीडितले अनुभूत गर्नेगरी उद्धार र राहतमा जुट्न मन्त्री कोइरालाको निर्देशन

  • काठमाडौँ ।
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री आशा कोइरालाले देशका विभिन्न भेगमा गएको पहिरो र बाढीका कारण पीडित भएकाहरूको उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।

बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले यस्ता उद्धार र राहतका कार्य एकद्वार प्रणालीबाट गरिने बताउँदै कसैले राहत र उद्धारका कार्य गर्न चाहेमा केन्द्रमा गृहमन्त्रालय र स्थानीय तहमा जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत् मात्र गराउन निर्देशन दिएकी हुन्। 

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र राष्ट्रिय गैरसरकारी संस्थाले गरेका उद्धार र राहतको विवरण समाजकल्याण परिषदमार्फत् मन्त्रालयमा उपलब्ध गराउनसमेत मन्त्री कोइरालाले निर्देशन दिएकी छन्। 

मन्त्री कोइरालाले उद्धार र राहत कार्यमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले गरेका कामको विवरण मन्त्रालयको वेबसाइटमा राख्न पनि निर्देशन दिएकी मन्त्रालयका प्रवक्ता तोयम रायाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

२०७४ साउन ३२ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...