समाचार प्रभाव : बिदेश बसेर नेपालीमाथि तथानाम गाली गर्ने आत्मारामलाई पक्राउ गरिने

  • काठमाडौँ । 
सामाजिक सञ्जाल फेसबुकमा नेपालका विभिन्न जातजाति र धार्मिक समुदायको अपमान हुने गरी आपत्तिजनक स्टाटसहरु पोस्ट गर्ने आत्माराम थपलियालाई नेपाल प्रहरीले पक्राउ गर्ने भएको छ ।

धादिङ घर भइ हाल जर्मनीमा बस्दै आएका आत्माररामले नेपाली समुदायलाई फेसबुकमा तथानाम गालीगलौज गरेपछि यसबारे इमान्दार मिडियाले मंगलबार नेपालका ठकुरी र मंगोलियन समुदायलाई फेसबुकमा तथानाम गाली गर्ने थपलिया को हुन् ? शिर्षकमा समाचार प्रकाशित गरेको थियो।

इमान्दार मिडियाले समाचार प्रकाशित गरेको २४ घण्टा नबित्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अन्तरगतको साइबर अपराध महाशाखाले उनलाई जर्मनीबाट पक्राउ गरी नेपाल ल्याउने प्रकृया सुरु गरेको छ।

उनलाई पक्राउ गरी नेपाल डिपोर्ट गराउन ब्युरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको ब्युरोकी प्रवक्ता तथा एसपी मीरा चौधरीले इमान्दार मिडियालाई बताइन।

सामाजिक सञ्जालमा उपराष्ट्रपति नन्दकिशोर पुनलाई अपशब्द प्रयोग गर्दै निरन्तर गाली गर्ने ठकुरी र अन्त्य जनजातिलाई तोकेरै अपसब्द प्रयोग गर्दै जातीय–धार्मिक द्वेष फैलाएको अभियोगमा आत्मराम थपलियालाई जर्मनीबाट नेपाल ल्याउने प्रक्रिया सुरु भएको हो। 

फेसबुकमार्फत आत्मारामले निरन्तर जातीय र धार्मिक द्वेष फैलाएको अभियोग दर्ता गरेर ब्युरोले उनलाई नेपाल ल्याउन प्रक्रिया थालिसकेको छ ।

मलेसियाबाट २ जना नेपाल झिकाइदै

यस्तै सामाजिक सञ्जालमा अपसब्द लेख्ने, विभिन्न व्यक्ति र समुदायलाई गालीगलौज गर्ने  मलेसियामा रहेका अन्य २ नेपालीलाई पनी झिकाउने प्रक्रिया अगाडि बढिसकेको ब्युरोले बताएको छ।  

बिदेशमा बसेर नेपाल र नेपाली प्रति गालीगलौज गर्ने व्यक्तिहरुलाई नेपाल फर्काउन नेपाल प्रहरीले मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ ।

सामाजिक सञ्जालमार्फत आवेश र आक्रोश पोख्ने क्रममा शब्दको ख्याल नगर्दा नेपालमा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ परिरहेका छन् । 

यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले बिदेसिएका नेपालीसमेत जोगिन सकेका छैनन् । विदेशमा छु कसले के गर्छ र भन्दै सामाजिक सञ्जालमा तथानाम लेख्दा आत्मारामसहित ४ जना नेपाल प्रहरीको खोजी सूचीमा परेका हुन्।

साइबर अपराध अनुसन्धान ब्युरोका अनुसार एकजना अस्ट्रेलियाबाट डिपोर्ट भइसके भने अन्य तीन जनामाथि नेपालमा मुद्दा दर्ता गरेर ल्याउने प्रक्रिया अगाडि बढिसकेको छ । 

राष्ट्रपतिलाई गाली गर्ने पनी पक्राउ पर्दै 

विदेशमा बसेर अपराधमा मुछिएका नेपालीको खोजी यत्तिमै रोकिएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्रहत्या गर्दै सामाजिक सञ्जालमा लेख्ने २ नेपालीको खोजीमा नेपाल र मलेसियाली प्रहरी सक्रिय छ।

मलेसियामा रहेका २ नेपालीले राष्ट्रपतिविरुद्ध फेसबुकमा तथानाम लेखेका थिए । राष्ट्रपति बिरुद्ध तथानाम लेख्ने नेपालका २ र मलेसियाका २ जनाविरुद्ध जाहेरी दर्ता भइसकेको छ । 

२०७४ साउन १८ गते प्रकाशित

आत्मारामले लेखेका स्टाटस सहितको समाचार  पढ्न तलको लिंक  खोल्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...