नौ महिनाको दुधे वालकको बिचल्ली पार्दै ४ लाख लिएर आमा टाप कसेपछि


गुल्मी ।

गुल्मीको दर्लामचौर गाउँमा एक महिलाले नौ महिनाको दुधे वालक छाडेर टाप कसेपछि ३ नावालकहरुहरुको बिचल्ली भएको छ ।

ईस्मागाउँपालिका वडा नम्वर ३, दर्लामचौर सिमपानीका वावुराम घर्ति– थापाकी ३० वार्षिया श्रीमति बिना घर्ति साउन–१५ गतेदेखि घर छाडेर सम्पर्कविहिन भएपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा आमा खोजेर रोईरहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् ।

उनी घरबाट हिँडेकोे दुईदिन अघि मात्र उनका श्रीमान घर आएका थिए । श्रीमान आएको तिन दिन अघि परपुरुषसंग लसपस गरेको आरोपमा उनकी सासुले गाउँवासी गुहारेकी थिईन् ।

श्रीमतिको त्यस्तो चर्तिकलाको खवर पाएर घर आएका घर्तीलाई श्रीमतिले बैंकमा राखेको ४ लाख रुपैयाँ झिकेर आउँछु भनेर हिडेको तर तम्घास पुगेपछि सम्पर्कविहिन भएको बाबुरामले बताए ।

तीन वर्ष अघि वावु आमासँग छुट्टाएर बेग्लै घर बनाएर राखेकी उनकी श्रीमतिले पाँच दिन अघि गाउँवासीको नजरमा अपरिचीत युवालाई घरमा ल्याएर राखेको र उनकी सासुले आशंका गरी चियो गर्दा अर्धनग्न अवस्थामा बुहारी र पलङ्गमुनी लुकेर बसेको अवस्थामा युवालाई फेला पारको उनकी सासुको आरोप छ । 

बाबुराम धेरै बर्षयता मजदुरी गर्न भारतका विभिन्न शहरमा बस्दै आएका थिए । उनी भारतमा गाडी चलाउथे । गाडी चलाएर कमाएको पैसा श्रीमतिलाई पाठाउने गरेको उनले बताए । भने ‘गाडी चलाउन थालेको करिव २३ वर्ष भयो । कमाएर पठाएको करिव १९ लाख रुपैयाँ श्रीमतिबाट हिनामिना भएको छ । चार लाख त केहि समय अघिमात्रै पठाएको थिएँ । त्यो पैसा खोई भन्दा बैंकमा छ झिकेर आउँछु भनेर हिडिन् । घरका भैसी बाख्रा पनि बेचिएको छ । दुई तोला सुन, अन्य जिन्सी र महत्वपुर्ण कागजपत्र पनि छैन ।’ 

,

प्रतिकृया दिनुहोस्

Loading...