विप्लपलाई भतिजको चिट्ठी 'काका देश बचाउन कोशीमा बम हान'


जनक चन्द ।

देश बिकराल अबस्थामा पुग्यो २०७२ सालमा बिनासकारी भुकम्पले दिएको चोट अझै ताजै छ । बिर्सने कोसिस गरेपनि बल्झिरहन्छ अझै सम्म। त्यसमाथि छिमेकी मित्रराष्ट बिस्तारबादी भारतले नाकाबन्दी लगाएर दिएको पीडा र दर्द को कुरै छोडौ ।

अहिले आएर फेरि त्यही मित्र भनाउदोको कारण तराईका समथर भुभाग चुलुम्मै डुबिसके कति घरबार बिहिन भए, कति टुहुरा भए, कतिको बिचल्लि भयो खबर सुन्दै कठै बिचरा बिजोग भएछ भन्दै बसिरहेका छौ । 

कस्तो लाजमर्दो कुरा, राज्यको सम्बन्धित निकाए यहाँ यति मरे, यहाँ यस्तो भयो उस्तो भयो भनेर मिडियाबाट जानकारी गराउनैमा ब्यस्त छ । भारतले नाकाबन्दी लाउदै गर्दा ओहो अबत बिकल्प खोज्नुपर्छ भन्दै तातिए फेरी अलि सहज भएपछि आंखा चिम्लियर सुतेको सुत्यै भए । आज पनि त्यहि हुदै छ । राष्टबादका खोेक्रा आदर्श छाट्ने हाम्रा अगुवाहरू कुन दुलोमा पसेर सास फेरिरहेका छन अत्तो पत्तो छैन । 

कोसिका ढोकाहरू जिर्ण अबस्थामा छन रे भन्ने पनि सुन्छु दैब कहां छ । भत्काएर लगे पनि त हुन्थ्यो १ जहाँ पातलो त्यहि प्वाल पर्छ भने झै किन नेपाल र नेपालीलाई मात्र पीडा दिईरहेको होला । सोचमग्न छु । बिबश र निरीह छु गर्न केही सकिरहेको छैन । हिजो मैले आफ्नो वालमा कोसिका ढोकामातिम्रा बम र बारुदका गोला पट्काउ बिप्लब काका भन्दै लेखेको थिए धेरैको चित्त बुझ्दो जवाफ पाए । मैले बास्तबिक कुरा लेखेको थिए । सायद त्यसैले होला सबैको मन छोए छ क्यारे । 

काका तिमी संग एउटा झिनो आशा छ नेपालका ३ करोड जनताको अब राम्रो काम गर्नेलाई जनताले स्वस्फुर्त रूपमा साथ दिन्छन र दिनेछन । त्यसैले हिजो आज सामाजिक संजालमा तिमीलाई सम्झने नेपाली मनहरूको लहर लाग्दै छ जनता तात्दै छ । जता पनि बिप्लब काका भनेर सहयोग मागि रहेको देख्छु । 

कुरा के हो भने यदि तिमीमा सांच्चिकै राष्ट र राष्ट्रियताको माया छ भने नेपालिहरूलाई अरूको गुलाम हुनबाट बचाउ। सक्छौ भने यो बिकराल स्थितिबाट मुक्ति दिलाउ जनताले तिम्रो जयजयकार गर्नेछन । कोशिको समस्या सधान गर अग्रेजसंग गरियको असमान सुगौलि सन्धि खारेजको पहल गरी पुन नयां सन्धिको अबधारणा तय गर । अन्तराष्टिय स्तरको बहस गर, तिम्रा पछाडि आज हजार छन भोलि लाखौ हुनेछन र पर्सि करोडौ हुनेछन । जहाँ ईच्छा त्यहां उपाय भन्ने कथनलाई यथार्थमा बदल । मेरो तिमीलाई सादर अनुरोध छ । होईन भने क्रान्तिकारि परिबर्तनका कुरा गर्न छोड र अरू राजनैतिक पार्टिजस्तै एसआरामको जिबन बिताउ । 

यहांनेर यउटा कुरा भन्न मन लाग्यो गलत अर्थ नलागोस मैले तिमीसंग यो किन आशा गरेको हो भने बिगतको इतिहासमा पनि एउटा ठकुरीको छोरोले खण्ड खण्डमा बिभाजित राज्यलाई एकिकरण गरेको कुरा सर्बबितितै छ त्यो आज ईतिहासको सुनौलो पानाका लेखिएको छ । 

तिमिले पनि त्यो ईतिहास बनाउ जस्ले भाबि सन्ततिलाई पनि काम गर्ने प्रेरणा मिलोस । युगौ युगसम्म तिम्रो गुनगान गाई राखुन नेपाली जनले ।

,

प्रतिकृया दिनुहोस्

Loading...