सहिदको स्मृति सभामा माअोवादी केन्द्रको अाक्रमण, आधा दर्जन घाइते

  • धनुषा । 
धनुषामा सहिद रामवृक्ष यादवको स्मृतिसभा भइरहेको स्थानमा माअोवादी केन्द्रले अाक्रमण गरेको छ । सहिद यादवको हत्या गरिएको स्थान ढल्केवरमा स्मृतिसभा भइरंहदा माओवादी केन्द्रका नेता मातृका यादव नेतृत्वमा गएको समुहले आक्रमण गरेको हो । 

उनीहरुले केही गुण्डा र प्रहरीको साथ लिएर शुक्रबार अपरान्ह १२ बजे सभास्थल प्रवेश गरी नेता मातृका यादव स्वयंले सभा बिथोल्ने काम गरेको आयोजक पक्षले जनाएको छ । आक्रमणकारीहरुले स्मृतिसभाको स्पीकर भाचेर फालीदिएका छन् भने मञ्च भत्काइदिएका छन् । 

यादवले ‘माओवादी केन्द्रको नेतृत्व आक्रमक हुन्छ, याद गर्नुस्’ भन्दै प्रहरीलाई हस्तक्षेप गर्न लगाएका थिए ।माओवादी केन्द्रका नेता मातृका यादव आफै हातपातमा उत्रिएपछिले दोहोरो भीडन्त चलेको थियो । झडपमा परी आधा दर्जनभन्दा बढी घाइते भएका छन् । 

स्मृतिसभामा प्रहरी र माओवादी केन्द्रले आक्रमण गरेपछि सभा आयोजक नेकपा कार्यकर्ताले प्रतिकार गरेको सभामा सहभागी जनसाँस्कृतिककर्मी रमण थामीले बताए । 

प्रतिकारका क्रममा कम्युनिष्ट पार्टीका ब्यूरो इन्चार्ज सन्देश पौडेललाई चोट लागेको छ । दुई पक्षबीच दोहोरो भीडन्त चलिरहँदा प्रहरी मौन बसेको आरोप घाइतेहरुले लगाए।

यस्तै शहिद रामवृक्ष यादवको स्मृतिसभा आयोजना गरेको भन्दै प्रहरीले नेकपा ब्युरो इन्चार्ज सन्देस पौडेल नेताहरु राजु कार्की, देव, धर्मिल, लक्ष्मण, आइडियललगायत ६ जनालाई पक्राउ गरेको छ । 

पक्राउपछि नेकपा कार्यकर्ताले प्रहरी हस्तक्षेप र पक्राउ गरिएकाहरुको तत्काल रिहाईको माग गर्दै सरकारविरुद्ध नाराबाजी गरिएको थिए । त्यसपछि प्रहरीले भीडन्तस्थलदेखि ५ सय मिटर वरपरसम्म कसैलाई पनी प्रवेश गर्न दिएको छैन ।

नेकपाले शुक्रबा आयोजना गरेको स्मृतिसभा स्थल ढल्केवरमा तत्कालीन सरकारको निर्देशनअनुसार प्रहरीले रामवृक्ष यादवलाई नियन्त्रणमा लिई हत्या गरिएको थियो । 

२०७४ भदौ २ गते प्रकाशित

यो पनि पढ्नुहोस्

, ,

प्रतिकृया दिनुहोस्

Loading...