अदालतले १० वर्षको कैद सजायँ सुनाएपछि न्यायाधीशकै अगाडी रोए बलात्कारी बाबा राम रहिम (भिडियोसहित)

  • काठमाडौं ।
बलात्कारको मामलामा दोषी पाइएका गुरमित राम रहिम सिंहलाई सोमबार १० वर्षको जेल सजायँ तोकिएको छ। 

हरियाणामा रोहतकको सुनारिया जेलभित्रको विशेष अदालतमा १५ बर्ष पहिलेको बलात्कार केशमा न्यायाधिस जगदीप सिंहले उक्त सजायँ सुनाएका हुन् ।

अदालतमा करिब १ घण्टा कारवाही चलेको थियो । दुबै पक्षलाई आफ्नो कुरा राख्न १० मिनेटको समय दिइएको थियो । सुनुवाईको क्रममा कोर्ट रुममा ८ जनाको उपस्थिती थियो ।

सुनुवाईको क्रममा राम रहीम निकै रोए । राम रहिमले न्यायाधिससँग माफी पनि माग्दै भने, ‘ममाथि दया गर्नुहोस् जज साहब’ । पीडित २ जनाले भने १५/१५ लाख मुआब्जा पाउने छन् ।

न्यायाधिस जगदीप सिंह हेलिकोप्टरमार्फत पंचकूलाबाट सुनारिया जेल पुगेका थिए । यतिबेला सुरक्षा व्यवस्था निकै कडा गरिएको थियो ।

जेलको वरिपरि कुनै पनि अराजक तत्व देखिए सिधै गोली हान्ने आदेश दिइएको थियो । सिरसामा कर्फ्यू लगाइएको थियो । सरकारले मंगलबारसम्म इन्टरनेट सेवामा रोक लगाएका थियो । पंचकूला, रोहतक, केथल र अंबालामा स्कूल–कलेज बन्द गरिएका थिए ।

स्मरण रहोस्, २५ अगस्टमा राम रहिमलाई साध्वीमाथि बलात्कार गरेको आरोपमा दोषी ठहराइएको थियो । त्यसपछि हरियाणा–पंजाबसमेत पाँच राज्यमा डेरा समर्थकले हिंसा र आगजनी सुरु गरेका थिए । उक्त द्दटनामा अहिलेसम्म ४५ जनाको मृत्यु भइसकेको छ ।


प्रकाशित २०७४ भदौ १२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...