अर्कैसंग पल्केको भन्दै पूर्वमन्त्री पासवानले विमानस्थलमै कान्छी श्रीमती कुटे

  • काठमाडौं ।

मन्त्री हुँदा भित्र्याइएकी आफ्नी कान्छी श्रीमती अर्कैसंग पल्केको थाहा पाएपछि पूर्वमन्त्री विश्वेन्द्र पासवानले विमानस्थलमै श्रीमतीलाई आक्रमण गरेका छन्। केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरण मन्त्री हुँदा आफ्नै पार्टीकी कार्यकर्तालाई कान्छी बनाएर भित्र्याएका थिए ।

आफ्नो छोरीसमानको उमेरकी केटीलाई कान्छी श्रीमतीको रुपमा भित्र्याएका पासवानले अहिले अर्कै केटासंग भाग्न लागेको थाहा पाएर बिमानस्थलभित्रै मुक्का प्रहार गरेका हुन् । छोरी समानकी कार्यकर्तालाई कान्छी बनाएर गौशालाबाट नख्खु बस्दै आएका विश्वेन्द्रले विमानस्थलको आन्तरिक उडान कक्षबाहिर कान्छी पत्नीलाई आक्रमण गरेको स्रोतले बतायो ।

कान्छी ल्याएकै झोकमा जेठीपट्टिको छोराबाट लात्ता प्रहार सहेका पासवान गम्भीर घाइते भइ प्यान्क्रियाजमा समस्या देखिँदा राज्यकोषबाट नै उपचार खर्च पाएका थिए। छोरी समानकी कार्यकर्तालाई कान्छी बनाएर गौशालाबाट नख्खु बस्दै आएका विश्वेन्द्रले विमानस्थलको आन्तरिक उडान कक्षबाहिर कान्छी पत्नीलाई मुक्का प्रहार गरेका हुन् ।

पारिवारिक स्रोतका अनुसार विश्वेन्द्रका आधा दर्जन सन्तान र दुई नाती नातिना छन् । विश्वेन्द्र ओली सरकारका पालमा ‘साइकल’ मन्त्रीका रुपमा चर्चामा आएका थिए । उनका आधा दर्जन सन्तान र दुई नाती नातिना छन् । विश्वेन्द्र ओली सरकारका पालमा ‘साइकल’ मन्त्रीका रुपमा चर्चामा आएका थिए ।

२०७४ भदौ १२ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...