बाढीका कारण मृतकलाई जलाउने ठाउँ नपाएपछि आगनमै दाहसंस्कार

  • गौशाला । 
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा बाढीका कारण ठाउँ नपाएर एक मृतकको आँगनमै दाहसंस्कार गरिएको छ । 

जलेश्वर नगरपालिका– ९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्यु पछि आँगनमै दाहसंस्कार गरेका हुन् । 

गाउँको चारैतिर पानीले भरिएर कुनै सुख्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए । 

बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो ।

२०७४ साउन ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...