पक्षपात र अनियमितता रोक्न राहत ढुवानीमा अाफै खटिए गृहमन्त्री शर्मा

  • काठमाडौँ । 
बाढीपहिरो पीडितहरुलाई राहात वितरणमा हुने पक्षपात रोक्न गृहमन्त्री जनार्दन शर्मा राहत सामाग्रीको ढुवानीमा आफै खटिएका छन् । 

गृहमन्त्री मंगलाबार विहानैदेखि त्रिभुवन विमानस्थलमा खटिरहेका छन् । रौतहट, पर्सा, सुनसरीलगायत जिल्लाहरुमा राहत सामाग्रीहरुको समानुपातिक वितरण नभएको गुनासो आएपछी गृहमन्त्री आफै खटिएका हुन् ।

गृहमन्त्रीसँगै गृह सचिव लोक दर्शन रेग्मी, गृहका प्रवक्ता तथा शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव राम्कृष्ण सुबेदी, विपद व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव कृष्ण राउत पनि खटिएका छन् । 

त्यस्तै राहात सामाग्री ढुवानी तथा वितरणमा प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, नेपाली सेनाको हवाई सेवा निर्देशनालयका प्रतिनिधी, निजी हवाई सेवा प्रदायक कम्पनीका प्रतिनिधीलगायतको उपस्थिती छ । 

२०७४ साउन ३१ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...