पूर्वी तराईको तटीय क्षेत्रका बाढीको चेतावनी

  • झापा ।
पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सप्तरी आसपासमा बाढी आउनसक्ने पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ ।  तटीय क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।

आइतबार पूर्व र मध्य क्षेत्रमा पानी पर्ने भएकाले नदीमा बाढीको जोखिम रहेको भन्दै शाखाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको हो । 

कोशी, बागमती, नारायणी, पश्चिम राप्ती, कर्णाली र महाकाली नदीमा सोमबार बिहानसम्म नै जोखिम भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको हो ।

यस्तै पहिरो गएको ठाउँमा थप पहिरो खस्ने संभावना भएकाले आवातजावत गर्दा सतर्कता अपनाउन भनिएको छ । अहिले पनि पूर्वी नेपालका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । 
नदीहरूमा पानीको सतहले सतर्कता तह पार गर्ने संभावना नभएपनि लगातार पानी पर्दा सानो खोलामा बाढी आउने भन्दै सावधानी अपनाउन भनिएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...