जेनोआलाई हराउदै युभेन्टसको लगातार दोस्रो जित


भदौ ।

जेनोआलाई ४–२ ले हराउदै इटालियन सिरी ए फुटबलमा च्याम्पियन युभेन्टसले लगातार दोस्रो जित दर्ता गरेको छ । 

लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसको जितमा पाउलो डिबालाले ह्याट्रिक गरे । यस्तै वान कोड्राडोल एक गोल गरे । 

जेनोआका लागि एन्ड्रयु गालाबिनोवले पेनाल्टी मार्फत गोल गरे । यस्तै युभेन्टसका मिरालेम विजानिकले आत्मघाती गोल गरे । 

अर्जेन्टिनी डिबालाले १३ औं मिनेट तथा पहिलो र दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन् । डिबालाले इटालियन सिरी ए मा गरेको यो पहिलो ह्याट्रिक हो । डिबालाले सिरी ए मा अहिलेसम्म ५० गोल गरेका छन् । 

डिबालालाई स्पेनिस क्लब बार्सिलोनाले अनुबन्ध गर्न चाहेको खबर पनि आउने गरेको छ । लगातार सातौं उपाधिको होडमा रहेको युभेन्टसको जितपछि दुई खेलबाट ६ अंक भएको छ । शनिबार राति नै भएको खेलमा इन्टर मिलानले रोमालाई ३–१ ले हराएको छ । यस्तै बोलोग्नाले बेनोभेन्टोलाई १–० ले पराजित गर्‍यो ।

२०७४ भदौ ११ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...