प्रधानमन्त्री राहतकोषमा ३ अर्ब, बाढीपीडित भोकभोकै...

  • काठमाडौं । 
प्रधानमन्त्री राहत कोषमा ३ अर्ब १२ करोड रकम छ । तर २२ जिल्लाका ५० हजार बाढी पीडित भने भोकभाकै दिन विताउन बाध्य भएका छन् । पूर्वदेखि पश्चिमसम्मको तराई क्षेत्र जलमग्न छ । ५० हजारभन्दा बढि परिवार विस्थापित भएका छन् ।

विस्थापितहरु भोकभोकै भएपनि सरकारले राहत पुरयाउन सकेको छैन । राहत राजधानीका गोदाममा कुहिन थालेका छन् । राहत वितरणको प्रभावकारी संयन्त्र नभएका कारण बाढीपीडितका लागि तयार गरेको राहत प्याकेज’ गोदाममै थन्किएका छन् ।

बाढीपीडितलाई तत्कालै राहत सामग्री उपलब्ध गराउन आइतबार नै सरकारले प्याकेज तयार गर्‍यौं तर प्रभावित जिल्लाका जिल्ला दैवीप्रकोप समितिबाट माग नै नआएको भन्दै गोदाममै राखेको छ ।

गृहमन्त्रालयले ५० हजार परिवार चामल, सिमी दाल, नुन र खानेतेलसहितको राहत प्याकेज बनाएको छ । प्रत्येक परिवारका लागि ३० किलो चामल, दुई किलो कर्णालीको सिमी दाल, एक किलो नुन र एक लिटर खानेतेल दिने प्याकेज बनाएपनि पीडितहरुसँग पूग्न सकेको छैन ।

राहत सामग्री, दाल र चामलको प्याकेज नेपाल खाद्य संस्थानको विर्तामोड, विराटनगर, लहान, राजविराज, जनकपुर, वीरगन्ज, भैरहवा, नेपालगन्ज र सुर्खेतमा थन्क्यिाइएको छ ।

संस्थानको थापाथलीस्थित गोदाममा ३४ हजार आठ सय ३४ क्विन्टल, विर्तामोडमा सात हजार आठ सय क्विन्टल, विराटनगरमा चार हजार ७६ क्विन्टल, सिरहाको लहानमा २३ हजार पाँच सय ८६ क्विन्टल र जनकपुरमा तीन हजार तीन सय क्विन्टल चामल मौज्दात राखिएको छ।

२०७४ साउन ३१ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...