मेयरलाई साक्षी राखी ६० हजार दिएर गुपचुप पारियो १२ बर्षिया बालिका बलात्कारको घटना !

  • भोजपुर ।
बलात्कार र यौनजन्य अपराधका घटना दिनदिनै बढ्दै गइरहेको समाचारहरु आइरहेको बेला १२ वर्षकी बालिकालाई बलात्कार गरेको अर्को घटना बाहिर आएको छ । 

घटनाको अनुसन्धान गर्दा बलात्कारको आरोपमा भोजपुरमा एकजना पक्राउ परेका छन् । षडानन्द नगरपालिका-७ केउरेनीपानीका ३२ वर्षका मेघराज श्रेष्ठले एक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । 

अनौठो त के भने नि बलात्कारपछि गाउँमै षडानन्दा नगरपालिकाका मेयर विरवल राई, उपमेयर मेरिका राई, चन्द्रबहादुर तामाङ र वडाध्यक्ष कृष्णबहादुर राईसहितको छलफलमा पीडित बालिकालाई ६० हजार रुपैयाँ दिएर घटना गुपचुप राखेर मिलाइएको थियो । 

जब बालिकाको स्वास्थ्यमा समस्या आयो त्यतिबेला मात्र घटना गुपचुप राखेको खुलासा भएको हो । 

गाउँमै कुरा मिलाएर घटना बाहिर नल्याउने सहमति भए पनि उपचारका निम्ति खाँदबारी जिल्ला अस्पताल पुर्याइएकी बालिकालाई परिक्षण गर्दा बलात्कार भएको खुलासा भएपछि यस्तो तथ्य बाहिरिएको हो । 

यस्तो जघन्य अपराधलाई गाउँमै गुपचुप पार्ने गरीएको तथ्य बाहिर आएसंगै बालिकाकी ठूलीआमाले प्रहरीमा उजुरी दिएकी थिइन् । 

जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारीअनुसार ठूलीआमाको उजुरीपछि प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीले उनलाई जर्वजस्तीकरणीमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।

२०७४ साउन २१ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...