पल्टियो बाजी: भरतपुरमा रेणु दाहाल अघिअघि, देवी ज्ञवाली पछिपछि..

  • चितवन ।
भरतपुर, २१ साउन । भरतपुर महानगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेको हार पक्का भएको छ ।

भरतपुर १९ र २० को मतगण्नामा एमालेले अपेक्षित मत पाउन नसकेको हो । अहिले भरतपुर २० को मतगणना भइरहेको छ ।

तर, १७ सय मत गन्न बाँकी रहँदा नै एमालेका देवी ज्ञवाली भन्दा माओवादी काँग्रेस गठबन्धनकी रेणु दाहाल २ मतले अगाडि छिन् । १६ सय मत गणना भइसकेको छ । ज्ञवालीले अब अग्रता लिने सम्भावना छैन् ।

पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लागेको हो ।

वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएन् । जसरी पनि जित्ने काँग्रेस र माओवादी गठबन्धनको शिकार देवी भएको यो निर्वाचनले देखाएको छ

,

प्रतिकृया दिनुहोस्

Loading...