चितवनका १६९ द्वन्द्वपीडि परिवारले राहत पाए


चितवन । 

जिल्लाका द्वन्द्वपीडितमध्ये १६९ जनाको परिवारले राहत रकम प्राप्त गरेका छन् । 

तत्कालीन स्थानीय शान्ति समितिले ४७७ जनाको परिवारलाई राहत प्रदान गर्न सिफारिस गरेको थियो । 

जिल्लामा द्वन्द्वपीडितको संख्या ६८६ भए पनि आवश्यक कागजात नपुग्दा सबैले राहत रकम पाउन सकेका छैनन् । बाँकीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयका अनुसार हालसम्म राहत पाउनेमा मृत्यु भएका १६० र बेपत्ता नौ जनाका परिवार छन् । सिफारिस भएकाहरु भने परिवारको सदस्य गुमाएका २०७, बेपत्ता १४, अपांगता १३९, अपहरण ७३ र विस्थापित १४ जना छन् । 

जिल्ला प्रशासन कार्यालयका नासु हरिबाबु ढकालका अनुसार द्वन्द्वकालमा ज्यान गुमाएका तथा बेपत्ताको हकमा भने सररकाले रु १० लाख राहतस्वरुप उपलब्ध गराएको छ । यस्तै अपांगता, अपहरण र विस्थापितका हकमा भने प्रकृतिअनुसारको राहत वितरण हुने उनले जानकारी दिए ।

जिल्लामा राज्य पक्षबाट ३७४, विद्रोही पक्षबाट २१५ र पक्ष नखुलेका ७२ द्वन्द्वपीडित छन् । द्वन्द्वपीडितमध्ये पुरुष ५९६ र महिला ९० छन् ।

२०७४ भदौ १० मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...