नेपालीहरूका लागि खुशीको खबर : अन्ततः कोशी ब्यारेजका सबै ढोका खोल्न भारत तयार

  • काठमाडौं ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतका विदेशमन्त्री सुष्मा स्वराजसँग टेलिफोन वार्ता गरेका छन्।

वार्तामा भारतीय विदेशमन्त्री स्वराजले कोशी व्यारेजलगायत अन्य बाँधको ढोका खोल्न भारत सरकारले निर्देशन दिएको जानकारी गराइन् ।

नेपालमा बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले विपद्को यस घडीमा भारत सरकारले सक्दो सहयोग गर्ने बताएको उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछाने जानकारी दिए ।

नेपाललाई दुख दिदा ‘आनन्द ठान्ने’ भारतले फेरि एक पटक आफ्नो दादागिरी देखाउदा नेपालीहरु निक्कै आक्रामक देखिएका छन् । तराईका जिल्ला बाढीको चपेटामा परेपछि परराष्ट्रमन्त्री महराले सत्पकोशी बाधका ढोका खोल्न कुटनीतिक पहल थालेका थिए तर, मन्त्री महराको पहललाई भारतले आनाकानी गरेको थियो । 

सप्तकोषी नदीमा पानीको बहाव खतराको संकेतभन्दा माथि छ तर भारले अघोषित नाकाबन्दीका बेला देखाएकोजस्तै अर्को मानवीय हर्कत प्रस्तुत गरेको छ । मन्त्री महराले भारतीय राजदूतलाई काठमाडौंमा र दिल्लीस्थित दूतावासले भरतीय विदेश मन्त्रालयमा ढोका खोल्न आग्रह गरेका थिए । तर, पनि ५६ मध्ये ३७ वटा ढोका मात्र खोलिएको छ ।

उता कुटनीतिक पहल बढाउनुपर्ने बेला भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय काठमाडौंमै बसिरहेका छन् । 

भारतले कोशीमै अर्को उच्च बाँध बनाउन चाहेको र ढोका नखोलेर नेपाल सरकार र दलहरुमाथि दवाव बनाईरहेको श्रेष्ठको बुझाई छ। विपतको बेला ढोका खुल्न आनकानी गरेर भारतले दवावको कुटनीति गरिरहेको श्रेष्ठ मान्छन् । 

उनका अनुसार भारतले बाँधका सुरक्षा उपस्थिति खोजेको छ र यस्तै विपतका बेला दवाव बनाएर आफ्नो योजना पुरा गर्न भारत यतिबेला लागिपरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...