कोशी बाँधमा भारतले भित्रभित्रै दियो दवाव, अहिले आएर खुल्यो यस्तो रहस्य

  • काठमाडौं ।
भारत सरकाले यसअघि सर्वेक्षण भएअनुसार नै कोशी उच्च बाँध बनाउन दवाव दिएको भए पनि त्यसलाई नस्वीकार्न विज्ञहरूले सल्लाह दिएको खुलासा भएको छ ।

दुई देशका उच्च सरकारी अधिकारी तथा राजनीतिक दलहरूका औपचारिक तथा अनौपचारिक भ्रमण र प्रवुद्ध समूहका बैठकमा भारतीय पक्षले उच्च बाँध निर्माण कार्य थाल्न दवाव दिएको रहस्य खुलेको हो । 

सुनसरीको बराह क्षेत्रदेखि डेढ किमि उत्तरतर्फको सप्तकोशी नदीको साँघुरो घाँटीमा बाँध बनाउने नेपाल र भारतका प्राविधिक टोलीले प्रस्ताव गरेको छ ।

दुई सय ६९ मिटर अग्लो र लम्बाई एक किमि लामो बाँध बनाउने योजना भारतको छ । अग्लो बाँध बनाउँदा नेपालको लगभग दुई सय वर्गकिमि भू–भाग जलाशयमा परिणत हुन्छ ।

प्रस्तावित नक्सांकनअनुसार बाँध बन्दा ८० वटा साविक गाविसका २५ हजार नेपाली विस्थापित हुनसक्ने नेपाली अधिकारीहरू बताउँछन् ।

,

प्रतिकृया दिनुहोस्

Loading...